← समाचारमा फर्कनुस्
Volleyball Mar 26, 2025 · Swadesh

मेयर कप भलिबल : उपाधिका लागि महालक्ष्मी र निलकण्ठ तथा महांकाल र ललितपुर भिड्ने

मेयर कप भलिबल : उपाधिका लागि महालक्ष्मी र निलकण्ठ तथा महांकाल र ललितपुर भिड्ने

जावलाखेल । ललितपुर महानगरपालिकाको १०६औं वार्षिकोत्सब अवसरमा आयोजित अन्तरपालिका मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ। बुधबार सेमिफाइनलका खेल सम्पन्न भएसँगै उपाधिका लागि भिड्ने टोलीको टुंगो लागेको हो।

जावलाखेल भलिबल प्रशिक्षण केन्द्र कभर्डहल जावलाखेलमा जारी प्रतियोगितामा महिलातर्फ निलकण्ठ नगरपालिकाले आयोजक ललितपुर महानगरपालिका तथा महालक्ष्मी नगरपालिकाले बिगु गाउँपालिकालाई हराउँदै उपाधि नजिक पुगेका हुन्।

निलकण्ठले ललितपुरलाई २५–२० २५–२१ र ३३–३१ काे सेटमा पराजित गर्याे। अर्काे सेमिफाइनलमा महालक्ष्मीले बिगुलाई २५–२०, २५–१९ र २५–११ काे सेटमा हरायाे।

उपाधिका लागि अब महालक्ष्मी र निलकण्ठ भोलि बिहान १० बजे खेल्ने छन् भने सेमिफाइनलमा पराजित ललितपुर र बिगुले तेस्रो स्थानमाका लागि बिहान ८ बजे प्रतिस्पर्धा गर्नेछन्।

यता, पुरुषतर्फ उपाधिका लागि आयोजक ललितपुरले महांकालको सामना गर्नेछ। फाइनल खेल दिउँसाे २ बजे हुनेछ।

ललितपुरले मन्थली ए लाई २५–१६, २५–२१, २०–२५ तथा २५–१९ ले हराउँदै उपाधि नजिक पुगेको हो। अर्को सेमिफाइनलमा मेलुङ गाउँपालिकालाई ३–० को सोझो सेटमा हराउँदै महांकाल उपाधि नजिक पुग्यो। पहिलो सेट २५–१५, दाेस्राे सेट २५–९ र तेस्राे सेट २५–१९ ले आफ्नाे पक्ष्यमा पार्याे।

सेमिफाइनलमा पराजित मन्थली ए र मेलुङले तेस्रो स्थानको लागि बिहवार दिउँसो १२:१५ बजे प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगिताको विजेताले दुवैतर्फ दुई लाख पाउनेछन्। उपविजेता एक लाख, तेस्रो हुनेले ५० हजार पाउनेछन्। जारी प्रतियोगितामा महिलातर्फ ८ टिमको सहभागिता रहेकाे थियाे भने पुरुषतर्फ १४ टिमको सहभागि थिए।

प्रतियोगितामा बिधागततर्फ सर्वोत्कृष्ट खेलाडीले १० हजार, वेस्ट स्पाईकर, वेस्ट ब्लकर, वेस्ट लिबेरो र वेस्ट प्रशिक्षकले समान ५ हजार पाउनेछन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →