← समाचारमा फर्कनुस्
Football Aug 28, 2025 · Swadesh

युनाइटेड हार्‍यो ग्रिम्सबाईसँग

युनाइटेड हार्‍यो ग्रिम्सबाईसँग

म्यानचेस्टर युनाइटेड चौथो डिभिजनको क्लब ग्रिम्सबाईसँग पराजित हुँदै बुधबार लिगकपबाट बाहिरिएको छ । स्तब्धपूर्ण हारका क्रममा युनाइटेडले खेल टाइब्रेकरमा १२–११ ले गुमाएको हो ।


त्यस अगाडिको खेल २–२ को बराबरीमा रहेको थियो । चार्ल्स भेरनाम र टेरेल वारेनको गोलले लिग–टु क्लबले दुई गोलको अग्रता लिएको थियो । ब्रायन एमबेउमो र ह्यारी म्यागुएरले युनाइटेडका लागि गोल फर्काए ।


म्याथेस कुन्हा पेनाल्टी चुकेपछि एमबेउमोको प्रहार पनि पोस्टमा लागेको थियो र त्यससँगै ग्रिम्सबाईले सनसनीपूर्ण जित हात पारेको हो ।


यो हारले युनाइटेडसँगै प्रशिक्षक रुबेन एमोरिम दबाबमा आएको थियो । युनाइटेडले प्रिमियर लिगका सुरुआती दुई खेलमा पनि जित निकाल्न सकेको छैन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →