← समाचारमा फर्कनुस्
Football Sep 27, 2025 · Swadesh

युनाइटेडमाथि ब्रेन्टफोर्डको जित

युनाइटेडमाथि ब्रेन्टफोर्डको जित

ब्रेन्टफोर्डले इंग्लिस प्रिमियर लिगमा शनिबार म्यानचेस्टर युनाइटेडमाथि ३–१ को त्यस्तो प्रभावशाली जित रचेको छ, जसले लन्डन क्लबको आत्मविश्वास अझ बढाउने छ । कम्युनिटी स्टेडियममा भएको खेलमा ब्रेन्टफोर्डका लागि इगोर थिएगोले दुई गोल गरे ।

 

उनले आठौं र २० औं मिनेटमा गोल गरे । युनाइटेडका लागि बेन्जामिन सेस्कोले २६ औं मिनेटमा एक गोल फर्काए । युनाइटेडका लागि कप्तान ब्रुनो फर्नान्डेज ७६ औं मिनेटमा पेनाल्टीबाट गोल गर्न चुके । उनको फितलो प्रहारलाई ब्रेन्टफोर्डका गोलरक्षक क्वेभिन केलहरले जोगाए ।


त्यसको फाइदा उठाउँदै ब्रेन्टफोर्डले दोस्रो हाफको इन्ज्युरी समयको पाँचौं मिनेटमा तेस्रो गोल थप्यो र त्यो म्याथिस जेन्सनको नाममा रह्यो । यो हारपछि युनाइटेड र उसका प्रशिक्षक रुबेन एमोरिम अझ धेरै दबाबमा आएका छन् । यो नतिजापछि ब्रेन्टफोर्डको सात अंक भएको छ भने युनाइटेड सात अंकमै सीमित रह्यो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →