← समाचारमा फर्कनुस्
Football Mar 11, 2026 · Swadesh

मनाङ र मच्छिन्द्र विजयी

मनाङ र मच्छिन्द्र विजयी

काठमाडौं। एन्फा राष्ट्रिय लिगमा मनाङ मर्स्याङ्दी क्लब र मच्छिन्द्रले एन्फा राष्ट्रिय लिगमा विजयी हासिल गरेका छन्।


सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न पहिलो खेलमा मनाङले चित्लाङ एफसीलाई २-० ले पराजित गरेको हो। जारी प्रतियोगितामा मनाङको यो तेस्रो जित हो। लिगमा १० खेल खेलेको मनाङले १२ अंक जोडेको छ।


चित्लाङ भने पाँचौं यो हार हो। समान खेलबाट चित्लाङको भने ९ खेलबाट ७ अंक छ।


खेलको ४९औं मिनेटमा शैरभ तामाङको गोलमा मनाङले खेलमा अग्रता लियो। दोस्रो हाफको इन्जुरी समयमा सुमित मल्लले गोल गर्दै मनाङलाई २(० को सहज जित दिलाए।



यस्तै, दिनको दोस्रो खेलमा मच्छिन्द्रले नव जनजागृतिलाई ४-१ ले पराजित गरेको छ। मछिन्द्रलाई जित दिलाउन जोनाथन क्यान्टिलानाले ह्याट्रिक गरे। त्यस्तै एक गोल रेजिन सुब्बाको नाममा रह्यो। 


जितसँगै मछिन्द्र ९ खेलमा २१ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको हो। समान खेलमा जनजागृतिले अंक विहिन छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →