← समाचारमा फर्कनुस्
Volleyball Jul 12, 2024 · Swadesh

मान बहादुर फेवा एजुकेसनको ब्रान्ड एम्बसेडर

मान बहादुर फेवा एजुकेसनको ब्रान्ड एम्बसेडर

काठमाण्डौं । नेपाली राष्ट्रिय भलिबल टोलीका कप्तान मान बहादुर श्रेष्ठ फेवा एजुकेसन तथा माइग्रेसन कम्पनी अस्ट्रेलियाले ब्रान्ड एम्बसेडर नियुक्त भएका छन्।

हाल अस्ट्रेलिया भ्रमणमा रहेका श्रेष्ठलाई फेवा एजुकेसन तथा माइग्रेसनले दुई वर्षको लागि कम्पनिको ब्रान्ड एम्बसेडरको रुपमा नियुक्त गरेको कम्पनिका निर्देशक योगेश श्रेष्ठले जानकारी दिए।  

कम्पनी र श्रेष्ठबीच ब्रान्ड एम्बसेडर सम्बन्धि सम्झौता भएको छ। सम्झौता अनुसार कम्पनिले श्रेष्ठ लाई दुई वर्षमा करिब दस लाख नेपाली रुपैयाँ बराबर नगद तथा सेवा प्रदान गर्ने कम्पनिले जनाएको छ।  

सम्झौता अनुसार नेपाली भलिबल कप्तान श्रेष्ठ बार्षिक रूपमा अस्ट्रेलियामा आयोजना गरिने भलिबल प्रतियोगितामा सहभागी हुने छन्।

नेपाली भलिबल टोलीका खेलाडी ब्रान्ड एम्बसेडर नियुक्त भएको यो पहिलो पटक हो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →