← समाचारमा फर्कनुस्
Other Sports Dec 09, 2023 · Nepalsports

स्टेज रेस च्यालेन्जमा मानबहादुर र छोकी च्याम्पियन

स्टेज रेस च्यालेन्जमा मानबहादुर र छोकी च्याम्पियन

काठमाडौँ, मङ्सिर २३ गते  । ट्रायलमान्डुको आयोजनामा शनिबार नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको दोस्रो चरण सम्पन्न भएको छ ।

गुर्जे भञ्ज्याङमा सुरु भएर झुलेमा सम्पन्न भएको ३३ किमी दौडमा पुरुषतर्फ मानकुमार रोका मगर र महिलातर्फ छोकी शेर्पा पहिलो हुनुभयो । मानबहादुरले ३ घन्टा चार मिनेट ०९ सकेन्डमा दौड पूरा गर्नुभयो । यसैगरी श्याम मगराती (३.१३ः१३ सकेन्ड) दोस्रो र अशोक बराम (३.१६ः०० सकेन्ड) तेस्रो स्थानमा रहनुभयो । 


महिला तर्फ गत हप्ता इन्डोनसियामा भएको एसिया ट्रेल मास्टरमा सहभागिता जनाएकी छोकी चार घन्टा सात मिनेट दुई सकेन्ड समय लगातार च्याम्पियन बन्नुभएको हो । सो स्पर्धामा प्mलु माउन्ट जोय (४.३६ः००) उपविजेता बन्नुभयो भने जाये फे स्टोरिच (४.५३ः०८) तेस्रो स्थानमा रहनुभयो । नेपाल ओलम्पिक कमिटीका कर्मचारी निरज श्रेष्ठले विजेता खेलाडीहरुलाई पुरस्कार प्रदान गर्नुभयो । टि एटले प्रायोजन गरेको खेल समाग्री विजेताहरुलाई पुरस्कार स्वरुप प्रदान गरिएको थियो ।

सो स्टेज रेस च्यालेन्समा ९७ खेलाडीको सहभागिता रहेको थिया । जसमा अमेरिका, फ्रान्स, बेलायत, इन्डानेसियालगायतका ३० जना विदेशी धावकधाविकाको पनि सहभागिता रहेको थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →