← समाचारमा फर्कनुस्
फुटसल निर्देशक महर्जनको राजीनामा

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)का फुटसल निर्देशक राज महर्जनले राजीनामा दिएका छन्।
एएफसी फुटसल कप २०२६ को छनोटमा नेपाल सहभागी नहुँदा एएफसीले गरेको कारबाहीको जिम्मेवार सचिवालयलाई ठहराउँदै उनले पद छोडेका हुन्।
महर्जनले बजेट विनियोजन नगरेका कारण नेपालले प्रतियोगिताबाट नाम फिर्ता लिनु परेको र त्यसकै लापरवाहीले देशलाई १० हजार डलर जरिवाना तथा आगामी छनोटमा प्रतिबन्ध झेल्नुपरेको उल्लेख गरेका छन्।
सचिवालयको गैरजिम्मेवारीका कारण पदमा रहेर काम गर्न नसक्ने भन्दै उनले बिहीबारदेखि लागू हुने गरी राजीनामा दिएका हुन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |