← समाचारमा फर्कनुस्
मधेसमाथि एपीएफको जित

काठमाडौं। विभागीय टोली एपीएफ क्लबले नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ विजयी सुरुआत गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार एपीएफले मधेस प्रदेश खेलकुद परिषद्लाई ३–० को सोझो सेटमा पराजित गरेको हो।
योसँगै समूह ‘बी’ मा रहेको एपीएफले ३ अंक हात पारेको छ। यो समूहमा नेपाल पुलिस क्लबको पनि समान ३ अंक छ। पुलिसले सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्लाई सोझो सेटमा पाखा लगाएको थियो।
घरेलु भलिबलमा आफ्नो दबदबा कायम राख्दै आएको एपीएफले चुलीलाई कुनै सेटमा हाबी हुन दिए।
पहिलो सेट २५–४ ले जितेको एपीएफले अर्को सेट २५–५ ले सहजै आफ्नो पार्यो। तेस्रो सेटमा पनि हाबी हुँदै २५–४ ले आफ्नो पक्षमा पार्यो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |