← समाचारमा फर्कनुस्
मधेशलाई हराउँदै चितवनले निकाल्यो दोस्रो जित

काठमाडौं । एभरेस्ट वुमन्स भलिबल लिग मा चितवन शक्तिले मधेश युनाइटेडलाई ३–१ सेटमा हराउँदै लिगमा दोस्रो जित हात पारेको छ।
राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा भएको लिगको तेस्रो दिनको तेस्रो खेलमा चितवनले मधेशलाई २५–२०, २५–१९, १९–२५ र २५–२१ ले हराएको हो।
पहिलो, दोस्रो र चौथो सेटमा जित्दै चितवनले खेल जितेको हो।
पहिलो खेलमा गण्डकी थन्डर्सलाई ३–१ ले पराजित गरेको चितवनका लागि यो लिगको दोस्रो जित हो।
चितवनले पहिलो खेलमा गण्डकी थन्डर्सलाई हराएको थियो भने दोस्रो खेलमा काठमाडौं स्पाइकर्ससँग हारेको थियो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |