← समाचारमा फर्कनुस्
Volleyball Sep 21, 2024 · Swadesh

मधेश युनाइटेडमा ट्यालेन्ट हन्टबाट छानिइन् मीना

मधेश युनाइटेडमा ट्यालेन्ट हन्टबाट छानिइन् मीना

काठमाडौं । मधेश युनाइटेडले ट्यालेन्ट हन्टबाट मीना चौधरीलाई छनोट गरेको छ।

एभरेष्ट महिला भलिबल लिगका लागि शुक्रबार वीरगंजको ज्ञानदा एकेडेमीमा भएको ट्यालेन्ट हन्ट कार्यक्रमबाट मधेश टिमका मुख्य प्रशिक्षक भरत यादव र टिम व्यवस्थापकहरुको टोलीले मीनालाई छनोट गरेको हो।

एक दिन ट्यालेन्ट हन्ट कार्यक्रममा यसअघि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नखेलेका प्रतिभावाना खेलाडीहरु उपस्थित थिए। तर ट्यालेन्ट हन्टबाट एक खेलाडी मात्र छनोट गर्ने कार्यक्रमहरु अनुसार मिना छनोट भएकी हुन्।

विनिताले अब यही असोज १४ देखि १९ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने पहिलो संस्करणको इडब्लुभिएलमा मधेश युनाइटेडको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्।

ट्यालेन्ट हन्टबाट खेलाडी छनोट गरेपछि मधेश आफ्नो टिममा १२ खेलाडीको कोटा पूरा गर्ने पहिलो टिम समेत बनेको छ।

आयोजकको नियम अनुसार हरेक टोलीमा कूल १२ खेलाडी हुनेछन्। जसमा मार्की खेलाडीसहित ८ खेलाडी ड्राफ्टमार्फत टिममा राखिएको थियो भने तीन विदेशी खेलाडी अनुबन्ध गर्न पाउने नियम छ।

मधेशले विदेशी खेलाडीमा काजकिस्तानकी आउटसाइड हिटर कालिनोभा यभजेनिया, ट्युनिसियाकी मिडल ब्लकर योस्रो जेरामदिनी र भारतीय भलिबल टिमकी कप्तान तथा सेटर जिनी कोभातलाई अनुबन्ध गरिसकेको छ।  

यस्तै नेपाली राष्ट्रिय भलिबल टिमकी सदस्य निरुता ठगुन्ना मधेश युनाइटेडको मार्की प्लेअर छन्।

ट्यालेन्ट हन्ट पछि आफ्नो टिमको कोटा पूरा भएको र टिम उत्कृष्ट बनेको मधेश युनाइटेडका मुख्य प्रशिक्षक भरत यादवले जनाएका छन्।

मधेश युनाइटेडको खेलाडीहरु:

निरुता ठगुन्ना, संगम महतो, शान्तिकला तामाङ, पुजा थारु, जसना महतो, हिरा केसी, एलिसा मानन्धर, आशिका क्षेत्री, कालिनोभा यभजेनिया, योस्रा जेरामदिनी, जिनी कोभात, मीना चौधरी (ट्यालेन्ट हन्ट)

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →