← समाचारमा फर्कनुस्
Cricket Aug 13, 2026 · Swadesh

लुम्बिनी लायन्समा डिकवेलाको निरन्तरता

लुम्बिनी लायन्समा डिकवेलाको निरन्तरता

लुम्बिनी लायन्सले निरोशन डिकवेलासँगको सम्झौतालाई निरन्तरता दिएको छ र नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको आउ“दो सिजनमा श्रीलंकाका विकेटकिपर–ब्याटरले च्याम्पियन टोलीबाट पुनः खेल्ने छन् ।

गत सिजन डिकवेलाले लुम्बिनी लायन्सलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । समूहचरणको चार खेल खेलिसकेपछि डिकवेला लायन्सको टोलीमा आवद्ध भएका थिए, जतिखेर लुम्बिनीले ३ खेल हारेर संकटको स्थितिमा रहेको थियो । 

डिकवेला आएपछि लुम्बिनीले बाँकी ६ खेल नै जितेर विजेता बन्यो । अर्थात डिकवेला आएपछि लुम्बिनीले कुनै खेलमा पराजयको सामना गर्नु परेन् । सोक्रममा डिकवेलाले ६ खेलमा १२२ माथिको स्ट्राइक रेटमा १३७ रन बनाएका थिए । उनको औषत ३४.२५ रहेको थियो, जुन लुम्बिनीका खेलाडीहरुमा सबैभन्दा माथिल्लो हो । लुम्बिनीबाट डिकवेलाभन्दा बढि रन बनाउनेमा रोहित पौडेल (२७६) र डी’आरसी शर्ट (२५६) ले मात्र थिए ।

‘निरोशन डिकवेलालाई पुन लुम्बिनी लायन्समा स्वागत गर्न पाउँदा हामी हर्षित छौं, गत सिजनमा उनले व्यक्तिगत प्रदर्शनमात्र गरेनन, टिमलाई एकजुट बनाउन पनि महत्वपूर्ण भूमिका खेलेका थिए । उनी च्याम्पियन खेलाडी हुन्, किन भने उनले लुम्बिनी लायन्सबाट खेल्दा कुनै खेल हारेका छैनन् । आउदो सिजन पनि उनले यही भूमिका निभाउने अपेक्षा लायन्सको रहेको छ ।’ इश्वर जिसी, अध्यक्ष, लुम्बिनी लायन्स ।

फाइनलमा उनले १२ बलमा आउट नभइ ११ रन बनाएका थिए । क्वालिफायर्स २ मा डिकवेलाले २२ बलमा २९ रन बनाएपछि लुम्बिनी लायन्सले पहिला ब्याटिङ गरी १३४–८ को स्कोर बनाउदै त्यसलाई डिफेन्ड गरेको थियो । विराटनगरसँगैंको समूहचरण खेलमा पनि उनले २२ बलमै अविजित २९ रन बनाएका थिए । त्यस्तै पोखरा एभेन्जर्ससँगको खेलमा उनले २२ बलमा ३७ रन बनाएका थिए । एनपिएलमा यो उनको उच्च स्कोर पनि थियो । 

डिकवेला हाल दम्बुला सिक्सर्सबाट श्रीलंकामा लंका प्रिमियर लिग खेलिरहेका छन् । ३३ वर्षे डिकवेलाले श्रीलंकाबाट ५४ टेस्ट, ५५ वानडे अन्तर्राष्ट्रिय र २८ टी–२० अन्तर्राष्ट्रिय खेलिसकेका छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →