लुम्बिनी लाभाजको मुख्य प्रायोजकमा दुगड ग्रुप

काठमाडौं। फ्रेन्चाईज भलिबल टिम लुम्बिनी लाभाजले मुख्य प्रायोजको रुपमा केएल दुगड ग्रुपसँग सम्झौता गरेको छ।
एभरेस्ट स्पोट्र्स म्यानेजमेन्ट अन्तर्गतको लुम्बिनी लाभाजले आसन्न एभरेस्ट महिला भलिबल लिगका लागि नेपालको प्रतिष्ठित व्यापारिक समूह केएल दुगड ग्रुपको ज्ञान ब्रान्डलाई आफ्नो आधिकारिक मुख्य प्रायोजकको रुपमा अनुबन्ध गरेको हो।
मुख्य प्रायोजकको रुपमा केएल दुगड ग्रुपसँगको सहकार्यले लुम्बिनी लाभाज टोलीलाई थप प्रोत्साहन र ऊर्जा प्रदान गरेको क्लबले जनाएको छ। नेपालमा खाद्यान्न उत्पादन र वितरणको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको केएल दुगड ग्रुपको ज्ञान जस्तो बलियो ब्रान्डसँगको साझेदारीले नेपाली महिला खेलाडीको सशक्तीकरण र खेलको विकासमा ठूलो सहयोग पुग्ने विश्वास टिम व्यवस्थापनले लिएको छ।
सम्झौतासँगै अब टिमको जर्सी, मिडिया र सामाजिक सञ्जालमा केएल दुगड ग्रुपको ज्ञानलाई लुम्बिनी लाभाजको मुख्य प्रायोजकको रुपमा उल्लेख गरिनेछ।
सम्झौता हस्ताक्षर कार्यक्रममा केएल दुगड ग्रुपका कार्यकारी निर्देशक भावीका दुगडले नेपाली खेलकुदलाई सहयोग गर्न पाउनु आफ्नो लागि गर्वको कुरा भएको बताइन्।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |