← समाचारमा फर्कनुस्
Volleyball Jun 28, 2024 · Swadesh

लुम्बिनी र गण्डकी उपाधिका लागि भिड्ने

लुम्बिनी र गण्डकी उपाधिका लागि भिड्ने

काठमाण्डौं । गण्डकी प्रदेश र लुम्बिनी प्रदेश सहाना प्रधान स्मृति यु-१९ राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ उपाधिका लागि भिड्ने भएका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुल परिषद् (राखेप) कभर्डहलमा शुक्रबार गण्डकीले सुदूरपश्चिम प्रदेशविरुद्ध ३-१ को पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो। यता, बागमती प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै लुम्बिनी प्रदेश पनि फाइनलमा प्रवेश गरेको छ। 

पहिलो सेट २५-१७ ले आफ्नो पक्षमा पारेको लुम्बिनीले दोस्रो सेट २९-३१ ले गुमाएको थियो। त्यसपछिका दुई सेट २५-१९, २५-२० ले आफ्नो पक्षमा पार्दै लुम्बिनी उपाधि नजिक पुग्यो।

पहिलो सेट २५-१६ ले आफ्नो पक्षमा पारेको गण्डकीले दोस्रो सेट २०-२५ ले गुमाएको थियो। त्यसपछिका दुई सेट २५-११, २८-२६ ले आफ्नो पक्षमा पार्दै गण्डकी उपाधि नजिक पुग्यो।

यता, उपाधिका लागि अब गण्डकीले लुम्बिनीसँग प्रतिस्पर्धा गर्नेछ।

गण्डकी समूह ‘बी’ को उपविजेता तथा लुम्बिनी समूह ‘ए’ को उपविजेता रूपमा सेमिफाइनल प्रवेश गरेका थिए। 

अब तेस्रो स्थानको लागि बागमती र सुदूर भिड्नेछन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →