← समाचारमा फर्कनुस्
Football Sep 24, 2025 · Swadesh

लिभरपुलका लागि इसाकको डेब्यु गोल

लिभरपुलका लागि इसाकको डेब्यु गोल

कीर्तिमान रकममा आएका एलेक्जान्डर इसाकले लिभरपुलका लागि मंगलबार डेब्यु गोल गरेका छन् र त्यसको मदतले लिभरपुलले लिगकपमा साउथह्याम्पनलाई २–१ ले पराजित गरेको छ ।


यो जितपछि लिभरपुल प्रतियोगिताको तेस्रो चरण पनि पुगेको छ । इसाकले आफ्नो २६ औं जन्मदिन मनाएको एक दिनपछि गोलको खाता खोलेका हुन् ।


साउथह्याम्पटनका लागि सि चार्ल्सले ७६ औं मिनेटमा गोल फर्काएपछि खेल रोमाञ्चक बनेको थियो । तर फेरि एकपल्ट खेल सकिन पाँच मिनेट अगाडि लिभरपुलले निर्णायक गोल आत्मसात् गर्न सफल रह्यो ।


त्यसमा ह्युगो एकिटिकेले निर्णायक गोल गरे । तर त्यस लगतै उनी रातो कार्ड खाएर मैदान छाड्न बाध्य रहे । गोल भएपछि खुसीयालीमा उनले जर्सि फुकालेका थिए । तर त्यो महँगो सावित भयो ।


अन्य प्रमुख खेलमा चेल्सीले लिन्कन सिटीलाई २–१, उल्भ्सले एभरटनलाई २–०, ब्राइटनले ब्रान्सलीलाई ६–० र कार्डिफ सिटीले बर्नलीलाई २–१ ले हरायो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →