← समाचारमा फर्कनुस्
आर्सनलमाथि लिभरपुलको शानदार जित

डोमिनिक सबोसलाईले फ्रि किकबाट गरेको उत्कृष्ट गोलको मदतले लिभरपुलले इंग्लिस प्रिमियर लिगमा आइतबार आर्सनललाई १–०इ ले पराजित गरेको छ । उपाधिका दुई ठूला प्रत्यासीबीचको खेलमा लिभरपुलले यो शानदार जित हात पारेको हो ।
एनफिल्डमा भएको खेल गोलरहित बराबरीतर्फ अग्रसर भइरहेको बेला हंगेरीका सबोसलाईले ८३ औं मिनेटमा निर्णायक गोल गरे । यससँगै डिफेन्डिङ च्याम्पियन लिभरपुल माक्रै सुरुआती तीन खेलमध्ये तीनैमा विजयी रहेको एक मात्र टिम रह्यो ।
आइतबारकै अर्को खेलमा त्रिस्टल प्यालेसले एस्टन भिल्लालाई ३–० ले हरायो । भिल्ला पार्कमा भएको खेलमा प्यालेसका लागि जियान फिलिप माटेटाले २१ औं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरे । त्यसपछि मार्क गुएही र स्माइल सारले गोल थपे ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |