← समाचारमा फर्कनुस्
Football Sep 13, 2025 · Swadesh

नयाँ प्रशिक्षकसँगै लेभरकुजनको पहिलो लिग जित

नयाँ प्रशिक्षकसँगै लेभरकुजनको पहिलो लिग जित

बायर लेभरकुजनले नयाँ सिजन सुरु हुने वित्तिकै आफ्नो प्रशिक्षक एरिक टेन ह्यागलाई अविश्वसनीय रूपमा वर्खास्त गरेको थियो । यही लेभरकुजनले शुक्रबार जर्मन बुंडेसलिगामा सिजनको पहिलो जित निकालेको छ । उसले लयमा रहेको इन्ट्राख्ट फ्रान्कफोर्टलाई ३–१ ले हरायो ।


यो जितका नायक रहे, एलजान्ड्रो ग्रिमाल्डो । उनले फ्रि–किकबाट दुई गोल गरे । यससँगै नयाँ प्रशिक्षक कास्पर ह्युलमन्डले वियजी सुरुआत लिएका छन् । लेभरकुजनले सन् २०२३–२०२४ मा लिग उपाधि जितेयता त्यस्तै प्रदर्शन दोहराउ सकेको छैन् ।


यो जितपछि लेभरकुजनको तीन खेलबाट चार अंक भएको छ र सातौं स्थानमा उक्लेको छ । फ्रान्कफोर्टको भने यो पहिलो हार हो । यो टिम अझै छ अंकमा तेस्रो स्थानमा रहेको छ । लेभरकुजनले यो जित केही महँगो पनि रह्यो, किनभने खेलका अन्त्यमा टिम नौ खेलाडीमा सीमित रहेको थियो।


युरोपका प्रमुख लिगमा शुक्रबार दुई अरू महत्त्वपूर्ण खेल पनि भए । त्यसमध्ये स्पेनी ला लिगामा सेभिया र एल्चेले २–२ को बराबरी खेले । यस्तै मार्सेले फ्रान्सेली लिग वानमा लोरेन्टलाई ४–० ले हरायो । मार्से यो जितसँग अंक तालिकाको चौथो स्थानमा उक्लेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →