← समाचारमा फर्कनुस्
Volleyball Sep 22, 2024 · Swadesh

सिङ्गापुर भलिबल सिकेकी ज्याक्युशा ललितपुर क्विन्सको ट्यालेन्ट हन्ट बाट छनोट

सिङ्गापुर भलिबल सिकेकी ज्याक्युशा ललितपुर क्विन्सको ट्यालेन्ट हन्ट बाट छनोट

ललितपुर - सिङ्गापुरमा जन्म भइ उतै भलिबल सिकेकी ज्याक्युशा थापाले ललितपुर क्विन्स बाट एभरेष्ट महिला भलिबल लिग खेल्ने भएकी छिन । जावलाखेल स्थित जावलाखेल भलिबल तालिम केन्द्रमा शनिबार भएको ट्यालेन्ट हन्ट कार्यक्रम मार्फत ज्याक्युशा ललितपुर क्विन्स छनोट भएकी हुन् । करिब ४५ सहभागी बाट उनी छनोट हुन सफल भएकी हुन् । क्लबका प्रशिक्षक उत्सव खड्का र व्यवस्थापक श्रद्धा छेत्रीले उनलाई आइतबार क्लबमा स्वागत गरे ।   

ललितपुर स्थित नखिपोटमा बस्ने ज्याक्युशा जेम्स उच्च शिक्षा संस्थानमा अध्ययनरत कक्षा १२ कि छात्र हुन् । उनको बुवा सिङ्गापुर प्रहरी भएकोले उनको बाल्यकाल सिङ्गापुरमै बित्यो । उनले सिङ्गापुरमा आफू पढ्ने विद्यालयमा नै भलिबल सिक्ने अवसर पाइन् । सन् २०२२ मा उनको बुवा सेवानिवृत्त भइसकेपछि उनी सहित सपरिवार नेपाल फर्किए ।   

पहिलो पल्ट व्यावसायिक भलिबल तर्फ पाइला सर्दै गरेकी उनी उत्साहित साथै नर्भस भएकी बताउँछिन् । "ठुलो प्रतियोगिता बाट नै आफ्नो करियर सुरु गर्न पाउँदा उत्साहित त छु नै, साथै नर्भस पनि महसुस हुँदै छ," छनोट भएपछि ज्याक्युशाले भनिन् । "स्कुल हुँदा अतिरिक्त क्रियाकलाप (इसीए) मा भलिबल छनोट गरेर खेल्न थाले । भलिबललाई आफ्नो हबीको रुपमा मात्र अघि बढाएकी थिए, व्यावसायिक रुपमा नै खेल्छु भनेर कल्पना गरेकी थिएन । तर अब अवसर प्राप्त भएको छ, यसको सदुपयोग गर्छु," उनले थपिन । ५ फित ८ इन्च कद भएकी आउटसाइड हिटर खेल्छिन ।      

ज्याक्युशाको आगमन सँगै ललितपुर क्विन्सको टोली पूरा भएको छ । क्लबले विदेशी खेलाडी पनि अनुबन्धनगरिसकेको छ । विदेशी खेलाडीको विवरण भने केहीदिनमा सार्वाजनिक गर्ने छ ।   

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →