← समाचारमा फर्कनुस्
Volleyball Jul 17, 2025 · Swadesh

ललितपुर क्विन्सले सलिनालाई रिटेन गर्यो

ललितपुर क्विन्सले सलिनालाई रिटेन गर्यो

काठमाडौं। दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिगको लागि ललितपुर क्विन्सले सलिना श्रेष्ठलाई रिटेन गरेको छ। 

गत संस्करणको टोलीबाट एकजना खेलाडी रिटेन गर्न पाउने आयोजकको नियम अनुसार ललितपुरले आफ्नो कप्तान सलिनालाई रिटेन गरेको हो। 

सलिनाको कप्तानीमा ललितपुर पहिलो संस्करणको एभरेष्ट महिला भलिबल लिगमा उपविजेता भएको थियो। ललितपुरको आफ्नो मुख्य प्रशिक्षक उत्सव खड्कालाई यसअघि नै नियुक्त गरिसकेको छ भने सहायक प्रशिक्षकको जिम्मा युगेश हमाललाई सुम्पिएको छ। 

दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग भदौ २० देखि भदौ २८ सम्म हुनेछ।  

दोस्रो संस्करणको लागि सहभागी टोलीहरूले अक्सनबाट खेलाडी खरिद गर्ने छ। शुक्रबार दिउसो अक्सन हुने तालिका रहेको छ। अक्सनबाट प्रत्येक टोलीले ए क्याटेगोरी बाट १, बी बाट ३ र सी बाट ३ गरि ७ खेलाडी खरिद गर्ने छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →