← समाचारमा फर्कनुस्
Volleyball Sep 19, 2024 · Swadesh

ललितपुर क्विन्सले शनिवार ट्यालेन्ट हन्ट गर्ने

ललितपुर क्विन्सले शनिवार ट्यालेन्ट हन्ट गर्ने

एभरेष्ट महिला भलिबल लिग (इडब्लूभिएल)को टोली ललितपुर क्विन्सले असोज ५ गते ट्यालेन्ट हन्ट गर्ने भएको छ । जावलाखेल स्थित जावलाखेल भलिबल तालिम केन्द्रमा अपरान्ह १२ बजे देखि ट्यालेन्ट हन्ट सुरु हुने छ । 

क्लबका मुख्य प्रशिक्षक उत्सव खड्का लगायत व्यवस्थापकीय टोलीले उक्त कार्यक्रम बाट एक जना उत्कृष्ट खेलाडी छनोट गर्ने छ । छनोट हुने खेलाडीले आगामी असोज १४ गते देखि १९ गते सम्म काठमाडौँ स्थित दशरथ रङ्गशालाको कभर्ड हलमा हुने पहिलो संस्करणको एभरेष्ट महिला भलिबल लिगमा ललितपुर क्विन्सको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछ। कुनै पनि राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता नजनाएको खेलाडी मात्रै ट्यालेन्ट हन्टमा सहभागी हुनु योग्य हुने छ ।

इडब्लूभिएलको नियमावली अनुसार सहभागी टोलीमा १२ खेलाडी समावेश हुने छ । जसमध्ये ८ जना आयोजकले ड्राफ्ट मार्फत हरेक टोलीलाई उपलब्ध गराएको छ भने ३ विदेशी र १ ट्यालेन्ट हन्ट मार्फत छनोट गर्नु पर्ने छ

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →