← समाचारमा फर्कनुस्
ललितपुरको लोगो सार्वजनिक

काठमाडौं । आगामी असोज १४ गतेदेखि १९ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुने एभरेस्ट महिला भलिबलका लागि ललितपुर क्विन्सले आफ्नो लाेगाे सार्वजनिक गरेको छ।
क्लबले आइतबार एक विज्ञप्तीमार्फत लागो सार्वजनिक गरेको जानकारी गराएको हो। ललितपुर क्विन्स टिम रुप्से स्पोर्ट्सको स्वामित्वमा रहने छ।
नेपालमा पहिलो पल्ट आयोजना हुन लागेको फ्रेन्चाइज लिग एभरेस्ट महिला भलिबल लिगमा ललितपुरले लिबेरो सलिना श्रेष्ठको कप्तानीमा टोली निमार्ण गरिरहेको बताएको छ।
ललितपुरले उत्सव खड्कालाई आफ्नो टोलीको मुख्य प्रशिक्षकका रुपमा नियुक्त गरेको छ। यस्तै, क्लबले विदेशी खेलाडीसमेत सहभागी हुने भएकाले यस लिगको सुरुवातसँगै नेपाली महिला भलिबलको स्तरमा उल्लेख्य सुधार आउनेमा टिम आशावादी रहेको जनाएको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |