← समाचारमा फर्कनुस्
Other Sports Feb 25, 2025 · Swadesh

ललितपुर र ग्लोबललाई टिम स्वर्ण

ललितपुर र ग्लोबललाई टिम स्वर्ण

काठमाडौं । आयोजक ललितपुर टेबलटेनिस क्लब र ग्लोबल टेबलटेनिस एकेडेमीले सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको टिम इभेन्टमा मंगलबार स्वर्ण जितेका छन् । 

ललितपुर पुरुष तथा ग्लोबल महिलामा पहिलो भए । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगिताको पुरुष फाइनलमा ललितपुरले प्यासिफिकलाई ३–० ले पराजित ग¥यो । 

ललितपुरको प्रशिक्षकमा निकेश जोशी र व्यवस्थापकमा सुमन शाक्य रहेका छन् । नेपाल प्रहरी क्लब र ग्लोबलले तेश्रो स्थानमा चित्त बुझाए ।

महिलाको फाइनलमा ग्लोबलले प्यासिफिक सेन्टर ‘ए’ लाई ३–१ ले हरायो । दार्जिलिङ टीटी एसोसिएसन र ललितपुर टेबलटेनिस क्लब तेश्रो बने। 

पुरुष÷महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १०–१० हजार नगद पुरस्कार पाउने छन् । त्यसै गरि सानिमा देभेलप्मेंट बैंक का प्रतिनिधिले बिजेता खेलाडी हरुलाई सम्मान गरेका थिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →