← समाचारमा फर्कनुस्
ललितपुर फाइनल नजिक

काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) मा शुक्रबार ललिपुर क्विन्सले चितवन शक्तिलाई पराजित गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा भएको दिनको पहिलो खेलमा ललितपुरले चितवनालाई ३–१ को सेटमा पराजित गरेको हो।
अन्तिम तथा निर्णयक सेटमा २५–१९ ले आफ्नो पक्ष्मा पार्दै महत्वपूर्ण तीन अंक जोडेको हो।
यो जितसँगै ललितपुर फाइनल प्रवेशको सम्भावना बलियो बनेको छ। ललितपुरले जारी लिगमा समूह चरणको दुई खेलमा पराजय ब्यहोरेको छ।
पराजित चितवन भने प्रतियोगिताबाट बाहिरिएको हो। ललितपुरले कर्णाली यश्विज र काठमाडौं स्पाइकर्सविरुद्धको खेलको नतिजा कुर्नुपर्ने हुन्छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |