← समाचारमा फर्कनुस्
चित्लाङलाई पराजित गर्दै लालीगुराँस शीर्ष स्थानमा

काठमाडौं। एन्फा राष्ट्रिय लिगअन्तर्गत चित्लाङ एफसीमाथि महत्वपूर्ण जित निकाल्दै लालीगुराँस एसोसिएसन क्लब अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार सम्पन्न खेलमा लालीगुराँसले चित्लाङलाई १–० ले पराजित गर्यो। प्रतिस्पर्धात्मक खेलमा लालीगुराँसका लागि अब्दुल युसुफ हाउलेले निर्णायक गोल गरे। उनले दोस्रो हाफको ४९औँ मिनेटमा गरेको गोल नै खेलको नतिजा तय गर्न पर्याप्त बन्यो।
यस जितसँगै लालीगुराँसले १३ खेलबाट २७ अंक जोड्दै शीर्ष स्थान कब्जा गरेको छ। पराजित चित्लाङ भने १३ खेलबाट मात्र ८ अंकसहित १५औँ स्थानमा सीमित रहेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |