TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Apr 24, 2026 · Swadesh

स्पेनमा रेलिगेसन संघर्ष चर्किदै

स्पेनमा रेलिगेसन संघर्ष चर्किदै

स्पेनी ला लिगामा रेलिगेसन संघर्ष बिहीबार रोमाञ्चक मोडमा पुगेको छ । पुछारमा रहेको रियल ओभिएडाले भिल्लारियललाई १–१ को बराबरीमा रोकेर आफ्नो बच्ने सम्भावना कायम राख्यो ।  


भिल्लारियलले निकोलस पेपेले पेनाल्टीबाट गरेको गोलको मदतले पहिलो हाफमा अग्रता लिएको थियो । ओभिएडोका लागि इलियास काइराले दोस्रो हाफमा बराबरी गोल फर्काए । भिल्लारियल ६२ अंकमा तेस्रो स्थानमा छ र अर्को सिजन च्याम्पियन्स लिग खेल्ने तय छ ।


ओभिएडो भने २८ अंकमा सबैभन्दा पुछारमा छ । यस्तै सेभिया लेभान्टको हातबाट २–० ले पराजित भयो । सेभिया ३४ अंकमा १७ औं स्थानमा छ । लेभान्टे भने ३२ अंकमा १९ औं स्थानमा छ । अन्तिम तीन स्थानमा रहने टिमको निर्णयका लागि अन्तिम दिनसम्म कुर्नु पर्ने हुन सक्छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →