TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Cricket Apr 10, 2026 · Swadesh

लखनउ अन्तिम बलमा विजयी

लखनउ अन्तिम बलमा विजयी

लखनउ सुपर जायन्ट्सले बिहीबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा कोलकाता नाइटराइडर्सलाई अन्तिम बलमा तीन विकेटले पराजित गरेको छ । मुकुल चौधरीले २७ बलमा ५४ रन बनाएर नटआउट रहेपछि लखनउले सात विकेट गुमाएर जितका लागि आवश्यक १ सय ८२ रन बनाएको हो ।


मुकुलले दुई चौका र सात छक्का प्रहार गरे । उनकै शानदार प्रदर्शनले लखनउ जितसम्म पुगेको हो । यस्तै आयुष बडोनीले ३४ बलमा ५४ रन बनाए । लखनउको यो दोस्रो जित हो र यससँगै उसको तीन खेलबाट चार अंक भएको छ । कोलकाता भने चार खेलबाट एकै अंकमा सीमित छ ।


इडेन गार्डेनमा कोलकाताले पहिले ब्याटिङ गर्दै चार विकेटमा १ सय ८१ रन बनाएको थियो । त्यसमा कप्तान अजिन्के रहानेले ४१ र अंगकृश रघुवंशीले ४५ रन बनाए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →