TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Other Sports Jan 18, 2026 · Swadesh

एलएमसि वडा कप चेस उपाधि आशिष फूँयालले जिते

एलएमसि वडा कप चेस उपाधि आशिष फूँयालले जिते

ललितपुर महानगरपालिका वडा नं १९ को आयोजनामा वडा कप खुल्ला रापिड रेटिङ बुद्धिचाल प्रतियोगिता शनिबार सम्पन्न भएको छ।


फिडे वर्ल्ड चेसको तत्वावधानमा दुई दिन सञ्चालन भएको प्रतिस्पर्धामा दोलखाका आशिष फूयाँलले ८ अंक जोडेर वडा कपको उपाधि जितेका छन्। 


आशिष फूँयालले नवौं चरणको खेलमा सजिन महर्जन बिरुद्ध कठिन जित दर्ता गर्दै पहिलो पुरस्कार नगद १५ हजार, आकर्षक ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेका छन्।


अंक ७.५ बनाएर राम्रो प्रोग्रेसिभ प्वाइन्टका आधारमा धरानका मुहान नरसिंह श्रेष्ठले द्वितीय बन्दै नगद १० हजार प्राप्त गरेका छन्। समान अंक जोडेर भक्तपुरका निकेन कुसाथा तृतीय बन्दै नगद ८ हजार प्राप्त गरे। 


स्पर्धामा ललितपुरका सिएम सजिन महर्जनले चौथो स्थानमा रहँदै नगद ६ हजार तथा सुरज महर्जनले पाँचौं स्थानमा रहँदै नगद ५ हजार प्राप्त गरेका छन्। 


यसैगरी मकवानपुरका एफएम क्षितिज भण्डारी, काठमाडौँका बद्रीलाल नेपाली, पाँचथरका रिसोन थापा, काठमाडौँका सिएमए केशव श्रेष्ठ र स्याङ्जाका आकाश सुवेदीले समान ७ अंक बनाउदै क्रमशः दशौं स्थान सम्मको नगद ४ हजार प्राप्त गरेका छन्।


यसैगरी उत्कृष्ट विधागत पुरस्कार तर्फ महिलामा झापाली खेलाडी द्वय पुनम प्रसाईं प्रथम र कृतिशारा अधिकारी द्वितीय भइन्।


उत्कृष्ट नयाँ खेलाडीमा चितवनका सत्यम शर्मा प्रथम र पोखराका आयुष भण्डारी दोस्रो भए। उत्कृष्ट सिनियर मा काठमाडौँका सीएम नवीन तण्डुकार प्रथम र सीएम भगवती प्रसाद शर्मा द्वितीय बने।


उत्कृष्ट युवा-१६ वर्ष मुनि मोरङका कशिभ कार्की प्रथम, काठमाडौँका सुभनदीप थापा द्वितीय, युवा-१४ वर्षमा भक्तपुरका प्रत्युस श्रेष्ठ प्रथम, साँखुका सोहम श्रेष्ठ द्वितीय, युवा-१२ वर्ष मुनि भक्तपुरका हृदय बस्नेत प्रथम र ललितपुरका सोयस राई दोस्रो भए।


उत्कृष्ट रेटिङ १८ सय मुनि भक्तपुरका प्रेम खड्का प्रथम, पोखराका शिशिर तिवारी द्वितीय, रेटिङ १६ सय मुनि ललितपुरका श्रीयस दाहाल प्रथम, बनेपाका राजन बजगाईं द्वितीय, उत्कृष्ट स्थानीयमा प्रलेस महर्जन प्रथम, विजय महर्जन दोस्रो तथा रौतटहका लक्कि खेलाडी मुकेश बर्माले पुरस्कार प्राप्त गरेका छन्।


पाटनको रातो मच्छिन्द्रनाथ बहालमा एक कार्यक्रम बिच प्रमुख अतिथि ललितपुर महानगरपालिकाका उपमेयर मन्जली शाक्य बज्राचार्यले विजेता खेलाडीलाई नगद १ लाख १ हजार पुरस्कृत गरेका छन्।


१९ वडाका अध्यक्ष राजेन्द्र महर्जनको सभापतित्वमा सम्पन्न पुरस्कार वितरण समारोहमा नेपाल बुद्धिचाल महासंघका प्रवक्ता राजु ताम्राकार, खेल संयोजक वडा सदस्य बिरेन्द्र ताम्राकार, प्रविन श्रेष्ठ, निर्मला खड्गी लगायतको उपस्थिति रहेको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →