TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Cricket Mar 29, 2026 · Swadesh

कुशल मल्लाको विस्फोटक इनिङ्समा आर्मीले बागमतीलाई हरायो

कुशल मल्लाको विस्फोटक इनिङ्समा आर्मीले बागमतीलाई हरायो

काठमाडौं। कुशल मल्लाको उत्कृष्ट ब्याटिङको मद्दतमा त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई ३ विकेटले पराजित गरेको छ।


माथिल्लो मुलपानी क्रिकेट मैदानमा बागमतीले दिएको २०९ रनको लक्ष्य पछ्याएको आर्मीले २७ ७ ओभरको ७ विकेट गुमाउँदै २१० रन बनाएको हो।


आर्मीका लागि कुशल मल्लाले अविजित ९० रनको शानदार इनिङ्स खेले। उनले ५८ बलमा ३ चौका र ८ छक्का प्रहार गर्दै टोलीलाई जिततर्फ पुर्‍याए। त्रितराज दासले ५४ रन जोड्दा नरेन साउदले २६ रनको योगदान दिए। अन्य ब्याटरले भने उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।


बलिङतर्फ बागमतीका इशान पाण्डे र विवेक मगरले समान २–२ विकेट लिए। रिजन ढकाल, सन्दीप लामिछाने र सोनु देवकोटाले समान १–१ विकेट हात पारे।


त्यसअघि पहिले ब्याटिङ थालेको बागमतीले २८ ओभरमा ७ विकेट गुमाएर २०७ रन नबाएको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →