← समाचारमा फर्कनुस्
Martial Arts Feb 01, 2025 · Swadesh

कोशी प्रदेश स्तरीय आईटीएफ तेक्वान्दो सुरु

कोशी प्रदेश स्तरीय आईटीएफ तेक्वान्दो सुरु

विराटनगर । प्रदेश खेलकुद विकास बोर्ड (कोशी प्रदेश) को आयोजना र केशी प्रदेश आईटीएफ तेक्वान्दो संघकाे ब्यवस्थापनमा शनिबारबाट प्रदेश स्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिता सुरु भएको छ।

विराटनगरमा शनिबारबाट सुरु भएको प्रतियोगिता दुई दिन चल्नेछ। प्रतियोगितामा कोशी प्रदेशका १३५ जना खेलाडीहरुको सहभागिता रहेको छ।

प्रतियोगिताको उद्घाट सभामुख देवराज घिमिरेले गरेका थिए। यस्तै, उद्घाटन समारोहमा सभामुख घिमिरे, कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेतलगायत अन्य विशिष्ट अतिथिहरूको सहभागिता रहेको थियो।

उद्घाटन समारोहको सभा अध्यक्ष नेपाल आईटीएफ तेक्वान्दो संघका अध्यक्ष प्रविणकुमार कार्कीले गरे।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →