← समाचारमा फर्कनुस्
Other Sports Mar 01, 2025 · Swadesh

कोशी प्रदेश चेस च्याम्पियन शुश्रुत दहाल बने

कोशी प्रदेश चेस च्याम्पियन शुश्रुत दहाल बने


१६ फाल्गुण, विराटनगर। 

 प्रथम कोशी खेलकुद महोत्सव अन्तर्गत सञ्चालन भएको बुद्धिचाल प्रतियोगितामा शीर्ष खेलाडी  सिएम शुश्रुत दहाल ७ अंक जोडेर च्याम्पियन बनेका छन्। 

शुक्रबार सम्पन्न आठ चरणको खेलवाट झापाका २०२१ रेटेड शुश्रुतले स्पष्ट अग्रता लिदै शीर्ष स्थान कब्जा गर्न सफल रहे।

प्रतिस्पर्धामा खोटाङका १८८७ रेटेड धिरेन राईले ६.५ अंक जोडेर बुकोल्ज्स् ४२.५ प्वाइन्टको आधारमा दोश्रो स्थान ओगट्न सफल भएका छन्। 

विराटनगर स्थित मारवाडी सेवा सदनको सभाकक्षमा सञ्चालित कडा स्पर्धामा समान ६.५ अंक बनाई १९३२ रेटेड प्रकाशचन्द्र नेपाल बुकोल्ज्स् ३८ प्वाइन्ट बोकेर तेस्रो स्थान प्राप्त गरेका छन्। 

झापा जिल्ला बुद्धिचाल संघको आयोजनामा चलेको बुद्धिचाल खेलमा ६.५ अंक बनाई १९२२ रेटेड रिसोन थापा ३७.५ प्रोग्रेसिभ प्वाइन्ट सहित चौथो भएका छन् १९८२ रेटेड राजन सुवेदी पाँचौ स्थानमा रहन सफल बनेका छन्।

 नेपाल बुद्धिचाल महासंघको प्राविधिक सहयोगमा प्रत्यक्ष प्रसारित खेल मार्फत प्रथम हुने शुश्रुतले नगद रु.५० हजार, दोश्रो हुने धिरेनले नगद रु. २५ हजार, तेस्रो हुने प्रकाशले नगद रु. १५ हजार, चौथो हुने रिसोनले नगद रु. १० हजार हात पारेका छन्। 

यसैगरी पूर्व नेपाल च्याम्पियन राजन सुवेदी, ६ अंक जोडेर विश्वबिजय धिमिरे छैटौं, ५.५ अंकमा हिमाल राई सातौं, राजेन्द्र राई आठौं, मिशन दहाल नवौं र चुडामणी कुलुङ राई दशौं स्थान ओगट्दै समान नगद रु. ५ - ५ हजार पुरस्कार प्राप्त गरेका छन्। 

यसैगरी २९ जना खेलाडीले विभिन्न विधामा पुरस्कार ग्रहण गरेका छन्। जसमा उत्कृष्ट महिला प्रथम शान्ति धिमाल, शुशिला गुरुङ द्वितीय र कृतिसारा अधिकारी तेस्रो बन्न सफल भएका छन्। 

उत्कृष्ट सिनियर खेलाडी तर्फ वसन्त लामा प्रथम र मढीराज डाँगी द्वितीय भएका छन्। 

यस्तै अनरेटेड तर्फ कुशल भण्डारी पहिलो र इकेश नेपाल दोश्रो भएका छन्। बिलो १८ सय रेटेडमा महेन्द्र कुमार साम्फाहाम्बे प्रथम र बलबहादुर तामाङ द्वितीय, युथ १६ आयाम श्रेष्ठ र अग्रिम खड्का, युथ १४ श्रीयश चौलागाईं, महेश दवाडी र युथ १२ वर्ष प्रविशा दवाडी, सम्बत खतिवडा गरि सबै विजेताले नगद रु. २ लाख १ हजार पुरस्कार बाँडेर लिएका छन्। 

फाल्गुण १३ देखि १६ गते सम्म सञ्चालन भएको कोशी प्रदेश बुद्धिचाल प्रतियोगिता समापन समारोहमा नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन, महासचिव धरम बहादुर लामा, जिल्ला बुद्धिचाल संघ झापाका अध्यक्ष भुपेन्द्र निरौला, डेपुटी निर्णायक फिडे आर्विटर सोराज ताम्राकार, पूर्व केन्द्रीय सदस्य कृष्ण सिगणदेल लगायतले पुरस्कार वितरण गरेका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →