← समाचारमा फर्कनुस्
Football Jul 05, 2026 · Swadesh

कोहलपुरमा ग्रासरुट फुटबल प्रशिक्षण सुरु

कोहलपुरमा ग्रासरुट फुटबल प्रशिक्षण सुरु


काठमाडौं कोहलपुरको मैटहवामा ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रमको औपचारिक रुपमा शुभारम्भ गरिएको छ। फिफा मास्टर विप्लव गौतमले एन्फा बाँकेका फुटबल प्रशिक्षक युवराज शाहीलाई बल हस्तान्त्रण गर्दै प्रशिक्षण कार्यक्रमको शुभारम्भ गरेका हुन्। 

उद्घाटन समारोहमा बाँकेको फुटबल विकासमा महत्वपुर्ण सहयोग गरेको भन्दैं गौतमलाई बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् निलम्बित अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीलाई सम्मान गरेका थिए।

बिरबल फुटबल एकेडेमीले कोहलपुर नगरपालिका वडा नम्बर ३ मैटहवा स्थित ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रम संचालन गरिरहेको छ। जहाँ १६ वटा निजी तथा सामुदायिक विद्यालयका १ सय ७० भन्दा बढी बालबालिकाहरुलाई हरेक हप्ताको शनिबार, आइतबार र विदाको दिन विहान निःशुल्क रुपमा फुटबल प्रशिक्षण गराईन्छ। 

बिरबल फुटबल एकेडेमीको अध्यक्ष आशादेवी शाहीले उद्घाटन समारोहमा सहभागि सम्पुर्णलाई धन्यवाद दिदैं फुटबलको माध्यमबाट बालबालिकालाई खेलमा अभिरुची जगाउने प्रयास गरिएको बताए। 



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →