← समाचारमा फर्कनुस्
Top Headlines Sep 15, 2023 · Shishir

काठमाडौ महानगर र बागमती क्रिकेट संघबीच सहकार्य

काठमाडौ महानगर र बागमती क्रिकेट संघबीच सहकार्य

काठमाडौ- काठमाडौ महानगर र बागमती क्रिकेट संघबीच क्रिकेटको विकासका लागि सहकार्य गर्ने सहमति भएको छ।

मेयर बालेन्द्र शाह र बागमती  क्रिकेट संघका तर्फबाट पारस खड्काबीच शुक्रबार सहकार्य गर्नेबारे सहमति भएको हो।

स्थानीय सरकारको दायित्व भनेको स्थानीय जनतालाई खेल्ने वातावरण बनाउने पनि भएको भन्दै मेयर शाहले यस्तो सहमति भएको जनाएका छन्।

सहमतिअनुसार काठमाडौतका विद्यालय तथा वडाहरूमा क्रिकेट नेट राख्ने व्यवस्था गर्ने र ५० नयाँ क्रिकेट प्रशिक्षकहरूलाई तालिम दिई इच्छुक खेलाडीहरूलाई क्रिकेटको ज्ञान र सीपहरू फैलाउन सहयोग गर्ने  बताएका छन्।

उनले काठमाडौबाट राष्ट्रिय टोलीमा प्रतिनिधित्व गर्ने अर्को खेलाडी थाेरै भएकाे भन्दै खेल्ने वातावरणको विकास गर्नुपर्ने औँल्याएका छन्।

"पारस खडका, ज्ञानेन्द्र मल्ल, पृथु बास्कोटापछि काठमाडौँबाट राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गर्ने अर्को खेलाडी नै निस्किएन, कारण काठमाडौँमा खेल्ने वातावरण नै नभएर हो," उनले आफ्नाे फेसबुक पेजमा लेखेका छन्, "स्थानीय सरकारको दायित्व भनेकै स्थानीय जनतालाई खेल्ने वातावरण तयार पार्ने नै हो । त्यसको अनुरूप हामीले बागमती प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा केही स्कुलहरू तथा वडाहरूमा क्रिकेट नेट राख्ने व्यवस्था गर्दैछौँ।"




AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →