← समाचारमा फर्कनुस्
काठमाण्डौंको तेस्रो जित

काठमाण्डौं । एभरेस्ट महिला भलिबल लिगमा काठमाण्डौं स्पाइकर्सले लगातार तेस्रो जित हासिल गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा बिहीबार भएको पहिलो खेलमा मधेश युनाइटेडलाई काठमाडौंले ३–१ को सेटमा पराजित गरेको हो।
पहिलो सेट १५–२५ ले गुमाएको काठमाण्डौंले त्यसपछिका तीन सेट २५–२३, २५–१५, २५–१८ ले आफ्नो पक्षमा पार्यो।
जितसँगै चार खेलमा ९ अंक जोडेको काठमाण्डौं शीर्ष स्थानमा उक्लिएको छ। चारै खेलमा पारजित मधेश अंकविहन हुँदै पुछारमा छ।
यसअघि ललितपुर क्सिन्ससँग ३–१ को सेटमा पराजित भएको काठमाण्डौंले चितवन शक्ति र गण्डकी थन्डर्सलाई समान ३–१ को सेटमा हराएको थियो।
मधेश यसअघि कर्णाली यश्विज, ललितपुर र चितवनसँग समान ३–१ सेटमा पराजित भएको थियो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |