← समाचारमा फर्कनुस्
Volleyball Oct 03, 2024 · Swadesh

काठमाडौंको दोस्रो जित

काठमाडौंको दोस्रो जित

काठमाडौं । काठमाडौं स्पाइकर्सले एभरेस्ट महिला भलिबल लिगमा लगतार दोस्रो जित हासिल गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार भएको दिनको दोस्रो खेलमा काठमाडौंले गण्डकी थन्डर्सलाई ३–१ को सेटमा पराजित गरेको हो।

पहिलो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको काठमाडौंले दोस्रो सेट २५–१९ ले गुमाएको थियो। त्यसपछिका दुई सेटमा काठमाडौं २५–२१, २५–१८ ले विजयी भयो।

जितसँगै तीन खेलमा ६ अंक जोडेको काठमाडौं दोस्रो स्थानमा उक्लिएको छ। तीनै खेलमा पराजित गण्डकी एक अंकका साथ पाँचौं स्थानमा छ।

पहिलो खेलमा ललितपुर क्विन्ससँग ३–१ को सेटमा पराजित भएको काठमाडौंले दोस्रो खेलमा चितवन शक्तिलाई ३–१ कै सेटमा हराएको थियो।

यता पहिलो खेलमा गण्डकीले चितवनसँग ३–१ र दोस्रो खेलमा कर्णाली यश्विजसँग ३–२ को सेटमा हार ब्यहोरेको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →