← समाचारमा फर्कनुस्
एभरेष्ट महिला भलिबल लिगः काठमाडौंको पहिलो जित

पोखरा। एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा काठमाडौं स्पाईकर्सले पहिलो जित दर्ता गरेको छ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आइतबार भएको खेलमा काठमाडौंले मधेश युनाइटेडलाई ३-१ को सेटले पराजित गर्यो ।
पहिलो सेट २६-२४ ले आफ्नो पक्षमा पारेको काठमाडौंले दोस्रो सेट २३-२५ ले मधेशलाई सुम्पिएको थियो । तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै काठमाडौंले लिगमा पहिलो जित दर्ता गरेको हो ।
काठमाडौंले तेस्रो सेट २५-२३ र चौथो सेट २५-१९ ले आफ्नो पक्षमा पार्यो । काठमाडौं र मधेश आफ्नो पहिलो खेलमा ललितपुर क्विन्ससंग पराजित भएका थिए । मधेशले दोस्रो खेलमा शनिबार पोखरा निन्जाजलाई हराएको थियो ।
आजको दोस्रो खेल पोखरा निन्जाज र लुम्बिनी लाभाजबिच हुनेछ । इन्फनिटी ड्रिम्स प्रालिको आयोजनामा जारी लिग भदौं २८ गतेसम्म चल्नेछ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |