काठमाडौँ शीर्ष स्थानमा

काठमाडौँ। केबी साम नेपाल कबड्डी लिग (एनकेएल) मा काठमाडौँ म्याभरिक्सले धनगढी धनगढी वाइल्डक्याट्सलाई हराउँदै शीर्ष स्थानमा उक्लिएको छ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बिबिार सम्पन्न खेलमा काठमाडौँ ५१–३६ ले विजयी भएको हो। जितसँगै काठमाडौँले चार खेलबाट १६ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। पराजित धनगढी सामन खेलबाट ६ अंकका साथ चौथो स्थानमा छ।
पहिलो हाफमा २७–१६ ले आफ्नो पक्षमा पारेको काठमाडौँले खेल ५१–३६ को स्कोरमा जित हासिल गर्न सफल भयो।
रेडबाट काठमाडौंले २६ अंक प्राप्त गर्दा धनगढीको खातामा ११ अंक रह्यो। डिफेन्सबाट काठमाडौंले १२ र धनगढीले ११ अंक जोडे।
यसैगरी काठमाडौंले तीन अलआटबाट ६ अंक प्राप्त गर्यो। बोनसमा भने धनगढी अगाडि रह्यो। बोनसबाट धनगढीले ११ र काठमाडौंले सात अंक थपे। काठमाडौँको यो तेस्रो जित हो भने धनगढीको तेस्रो हार हो।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |