← समाचारमा फर्कनुस्
रोमाञ्चक जितसँगै काठमाडौँ तेस्रो स्थानमा

काठमाडौं एभरेस्ट महिला भलिबल लिग अन्तर्गत समूह चरणको अन्तिम खेलमा काठमाडौं स्पाइकरसले रोमाञ्चक जित निकाल्दै तेस्रो स्थानमा रहेर प्रतियोगिताको अन्त्य गरेको छ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्ड हलमा शुक्रबार उषा भण्डारीको कप्तानीमा रहेको काठमाडौंले अरुना शाहीको कप्तानीमा रहेको लुम्बिनी लाभालाई ३–२ को सेटमा पराजित गरेको हो।
पहिलो २३–२५ र दोस्रो सेट २४–२६ ले पराजय व्यहोरेको काठमाडौंले बाँकी तीन खेलमा २५–१७, २५–१६, १५–६ ले रोमाञ्चक जित हासिल गर्यो।
जितसँगै काठमाडौंको ९ अंक पुगेको छ। पराजित लुम्बिनीको समान खेलबाट ६ अंकसहित प्रतियोगिता सकायो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |