← समाचारमा फर्कनुस्
काठमाडौंको पहिलो जित

काठमाडौं । काठमाडौं स्पाइकर्सले एभरेस्ट महिला भलिबल लिगमा पहिलो जित हासिल गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा काठमाडौंले चितवन शक्तिलाई ३–१ को सेटमा पराजित गर्यो।
पहिलो सेट २१–२५ ले गुमाएको काठमाडौंले त्यसपछिका तीन सेट २५–१०, २५–२२, २५–१७ ले आफ्नो पक्षमा पार्यो।
जितसँगै काठमाडौंले दुई खेलमा तीन अंक जोडेको छ। पहिलो पराजय ब्यहोरेको चितवनको पनि समान खेलबाट तीन अंक नै छ।
पहिलो खेलमा काठमाडौं ललितपुर क्विन्ससँग ३–१ को सेटमा पराजित हुँदा चितवनले गण्डकी थन्डर्सललाई ३–१ कै सेटमा हराएको थियो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |