LIVE
All Scores →
← समाचारमा फर्कनुस्
Cricket Jun 19, 2026 · Swadesh

काठमाडौं च्याम्पियन

काठमाडौं च्याम्पियन

काठमाडौं। तेस्रो बागमती प्रदेश खेलकुद २०२६ अन्तर्गत महिला क्रिकेट प्रतियोगिताको उपाधि काठमाडौंले जितेको छ। 

गौतम बुद्ध क्रिकेट मैदानमा शुक्रबार सम्पन्न फाइनलमा चितवनलाई ७ विकेटले पराजित गर्दै काठमाडौं च्याम्पियन बनेको हो। 

टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९९ रन बनाएको थियो। चितवनका लागि हेलिशा गुरुङले अविजित ४७ तथा लक्ष्मी माया रुम्बा लामााले ३८ रनको योगदान दिइन्। काठमाडौंका लागि अश्मिना कर्माचार्य, कृष्मा गुरुङ र बसन्तीकुमारी साउदले समान १–१ विकेट लिए।

१०० रनको लक्ष्य पछ्याएको काठमाडौंले १७.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। कञ्चन श्रेष्ठले ४२ रन, उषा भण्डारीले १७ तथा अश्मिना कर्माचार्यले अविजित ९ रन बनाइन्। चितवनका लागि निशा तामाङ, हेलिशा गुरुङ र लक्ष्मी माया रुम्बा लामाले समान १–१ विकेट लिए।

उत्कृष्ट प्रदर्शन गरेकी कञ्चन श्रेष्ठ प्लेयर अफ द म्याच घोषित भइन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group L
1 England 1 3
2 Ghana 1 3
3 Panama 1 0
4 Croatia 1 0
सबै समूह →