← समाचारमा फर्कनुस्
Volleyball Nov 29, 2024 · Swadesh

काठमाडौंमा काभा पुरुष भलिबल च्याम्पियनसिप हुने

काठमाडौंमा काभा पुरुष भलिबल च्याम्पियनसिप हुने

काठमाडौं । नेपाल भलिबल संघको आयोजना एवं सेन्ट्रल एशियन भलिबल संघको संयोजनमा पहिलो पटक काभा पुरुष भलिबल क्लब च्याम्पियनसिप आयोजना हुने भएको छ। 

भलिबल संघले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी मंसिर २२ गते देखि २९ गतेसम्म काभा पुरुष भलिबल क्लब च्याम्पियनसिप आयोजना गरेर नेपालबाट नै पहिलोपटक थालनी गर्न लागेको जानकारी दिएको हो। 

प्रतियोगितामा इरानबाट चादौर मालो क्लव, भारतबाट क्यालीकट हिरोज, मालदिभ्सबाट एचडीसी क्लव, नेपालबाट गण्डकी प्रदेश र हेल्प नेपाल स्पोटर्स क्लब गरि पाँच टीमको सहभागिता रहनेछ।

भलिबल खेलको माध्यमबाट खेलको वृहत्तर विकास गर्नको लागि काभा पुरुष भलिवल क्लब च्याम्पियनसिप पनि नेपालबाट नै शुरुवात गर्ने जमर्को गरेको संघले जनाएको छ। प्रतियोगिता सम्पन्न गर्न करिव एक करोड खर्च हुने संघको अनुमान रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →