कर्णालीकी नासिया नेपाल आइपुगिन्

काठमाडौं । अमेरिकी र टर्किस भलिबल खेलाडीपछि ग्रिसकी प्रतिभाशाली खेलाडी नासिया लिआग्कीलाई 'कर्णाली यश्विज' टिमले नेपाल भित्र्याएको छ। लिआग्की शनिबार नेपाल आइपुगेकी हुन।
उनी कर्णालीको 'कर्णाली यश्विज' टिमबाट नेपालमा पहिलो पटक हुन लागेको 'एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) २०२४' खेल्न आज नेपाल आइपुगेकी हुन।
उनलाई स्वागत गर्न ‘कर्णाली यश्विज’ टिम त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेको थियो।
रमेश कर्पोरेसनले हेर्दै आईरहेको ‘कर्णाली यश्विज’ टिमबाट ‘एभरेष्ट वुमन भलिबल लिग(ईडब्लुभिएल)’ खेल्न आएकी लिआग्की ग्रिसको घरेलु लिगमा परिचित अनुहार हुन। उनी ग्रिसको राष्ट्रिय भलिबल खेलाडी हुन। उनले राष्ट्रिय तहको थुप्रै खेलहरु खेलिसकेकी छिन। आफ्नो शक्तिशाली खेल क्षमताका लागि परिचित लिआग्कीले धेरै अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा ग्रिसको प्रतिनिधित्व गरिसकेकी छिन। राष्ट्रिय टिम र क्लबहरू दुवैमा दिएको योगदानका आधारमा उनले अन्य थुप्रै अवार्डहरू पनि हात पारिसकेकी छिन् ।
लिआग्कीलाई नेपाल स्वागत गर्नु अघि 'कर्णाली यश्विज' टिमले अमेरिकाकी खेलाडी ग्याब्रीएल बेन्डा र टर्कीकी आउटसाइड हिटर खेलाडी जेनेप आउटर्यानलाई नेपालमा स्वागत गरेको थियो। टिममा यी तिनको प्रस्थानसंगै 'कर्णाली यश्विज' टिम थप बलियो भएको टिमका अध्यक्षको भनाई छ।
'कर्णाली यश्विज' टिम खेलकुद विकास र महिला भलिबलको उत्थान गर्ने मुल उद्देश्यको साथ सुरु भएको हो। टिममा प्रशिक्षकको रुपमा भलिबल महिला टोलीको प्रमुख प्रशिक्षक कुमार राई छन् । उनी ‘न्यु डाइमन्ड युथ स्पोट्स क्लब’ को प्रमुख अध्यक्ष समेत हुन्।
इन्फिनिटी ड्रिम्सको आयोजनामा हुन गईरहेको ‘एभरेष्ट वुमन भलिबल लिग’ यहीँ असोज १४ देखि १९ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा हुँदैछ। लिगमा ६ टोलीको सहभागितामा हुनेछ।
कर्णालीको टिम–सुमित्रा रेग्मी, मिना सुनार, मनिषा चौधरी, यमुना रसाइली, सुनिता राई, सृष्टि खड्का, गरिमा बोहोरा र पशुपति बोहरा
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |