गण्डकीमाथि कर्णालीको रोमाञ्चक

काठमाडौं । एभरेस्ट महिला भलिबल लिगमा कर्णाली एसभिसले गण्डकी थन्डर्समाथि रोमाञ्चक जित निकालेको छ।
दोस्रो सफलता प्राप्त गर्ने क्रममा कर्णाली एसभिसले उत्कृष्ट पुनरागमन गर्दै गण्डकीमाथि ३–२ को जित निकालेको हो।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुदमा परिषद् (राखेप) कभर्डहलमा जारी लिगमा गण्डकी थन्डर्सले सेटमा अग्रता जोगाउन नसक्दा लगातार दोस्रो हार सामना गर्नुपर्यो ।
सरस्वती चौधरीको कप्तानीमा रहेको गण्डकीले पहिलो सेट २५–१५ ले जितेको थियो। तर, कर्णाली लयमा फर्कियो। कर्णालीले दोस्रो सेट २५–२२ ले रोमाञ्चक जित निकाल्दै बराबरी गर्यो।
ग्रिसकी अपोजिट हिटर एथानासिया लिएगकी चम्किएपछि कर्णालीले तेस्रो सेट पनि जित्यो। तेस्रो सेट कर्णालीले २५–१७ ले जितेको थियो। तर, चौथो सेटमा कर्णाली डिफेन्ससँगै तालमेल बिगार्यो। त्यसको फाइदा लिँदै गण्डकीले चौथो सेट २५–१९ ले आफ्नो बनायो। यससँगै सेटमा २–२ को बराबरी भएपछि खेल लागि पाँचौँ तथा निर्णायक सेटमा धकेलियो। यो सेटमा कर्णाली एसभिसले सुरुआतदेखि नै दबाब बनाउँदा १०–५ को अग्रता बनायो।
तर, गण्डकीले पटकपटक पुनरागम गर्ने संकेत गरे पनि सफल हुन सकेन। यो सेट पनि कर्णाली १५–१२ ले आफ्नो बनाउँदै रोमाञ्चक जित निकाल्यो।
जितसँगै कर्णाली एसभिसले दुई खेलबाट पाँच अंक बटुल्यो। दोस्रो खेलमा हारका बाबजुद गण्डकी थन्डर्सले एक अंक बटुलेको छ। यसअघि, पहिलो दिन ललितपुर क्विन्स र चितवन शक्तिले पनि समान एक खेलमा जित निकालेका छन्।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |