← समाचारमा फर्कनुस्
Volleyball Sep 06, 2025 · Swadesh

कर्णाली र ललितपुर विजयी

कर्णाली र ललितपुर विजयी

काठमाडौं। दोस्रो संस्करणको एभेरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा कर्णाली यशविस र ललितपुर क्विन्सले विजयी सुरुआत गरेका छन्।


पोखराको बहुउद्देश्यीय कभर्डहलमा शुक्रबार सम्पन्न उद्घाटन खेलमा कर्णालीले पोखरा निन्जाज ३-० काे सोझो सेटमा पराजित गरेकाे हाे। 

 

पहिलो सेटमा २५-२१, दोस्रो सेटमा २५-२० र तेस्रो सेटमा २५-१४ ले पराजित भएको हो।


खेलको प्लेयर अफ द म्याच कर्णालीकी एभानजेलिया छन्तावा घाेषित भइन्। यस्तै, पाेखराले आफ्नाे दाेस्राे खेल शनिबार मधेस युनाइटेडसँग खेल्ने छ।


यस्तै, दाेस्राे खेलमा साविक उपविजेता ललितपुर क्विन्सले मधेश युनाइटेडलाई ३-० काे सोझो सेटमा पराजित गर्याे। पहिलाे सेट २५-१७, दाेस्राे सेट २५-१३ र तेस्राे सेट २५-१९ ले  जित हासिल गर्याे। 


कुल ६ टोलीले प्रतिस्पर्धा गर्ने यसफप्रतियोगिताकाे फाइनल खेल भने २८ गते हुनेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →