चौथो खेलमा अपराजित रहँदै कर्णाली फाइनलमा

काठमाडौं। साविक विजेता कर्णाली यशविस लगातार चौथो खेलमा अपराजित रहॅंदै एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को फाइनलमा पुगेको छ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार सम्पन्न खेलमा कर्णालीले मधेशमाथि २५-१५, २५-१२ र २५-१७ ले सहज जित निकाल्यो र चौथो खेलमा पनि अपराजित यात्रा कायमै राखेको हो।
जेनजी आन्दोलनका कारण प्रभावित भएको फ्रेन्चाइच महिला भलिबल लिग बुधबारबाट काठमाडौंमा सुचारू भएको हो।
यसअघि पोखरामा लिग भए पनि आन्दोलनपछि आयोजक इनफिनिटी ड्रिम्स प्रालीले आयोजना काठमाडौंमा सार्ने निर्णय गरेको थियो।
विदेशी खेलाडीबिना नै सुचारू भएको लिगमा पनि कर्णालीले आफ्नो लय जारी राख्दै जित निकाल्यो र फाइनलमा पनि पुग्यो। सुमित्रा रेग्मीको कप्तानीमा रहेको कर्णालीले निरूता ठगुन्नाको कप्तानीमा रहेको मधेश युनाइटेडमाथि ३-० सोझो सेटमा सहज जित निकाल्यो।
६ वटा फ्रेन्चाइज टोली रहेको लिगमा कर्णालीले चार खेलबाट १२ अंक बटुल्यो।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |