← समाचारमा फर्कनुस्
करातेको पहिलो दिन तीन नेपाली खेलाडी बाहिरिए

काठमाडौ- करातेको पहिलो दिन बिहीबार नेपालका ३ खेलाडीले प्रतिस्पर्धा गरे ।
तीनै खेलाडी पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका छन् ।
लिन्पिङस्पोर्ट्स सेन्टर जिम्न्याजिममा भएको पुरुष ७५ केजीमुनि नेपालका शेखु मोहम्मद आलम काजाकिस्तानका खेलाडीसंग पराजित भए ।
काजाकिस्तानका नुरकान्त अझिकानोभले शेखुलाई ५–० ले पराजित गरे ।
रिपेचेजको पहिलो बाउटमा बाइ पाएका शेखु रिपेचेजकै अर्को बाउटमा भने किर्गिस्तानका नजिम नुर्लानोभसंग २–० ले चुके ।
एकल काताको पुरुषमा स्वर्णनिम मानन्धर तथा महिलामा एलिसा मागर रास्कोटी पनि अगाडि बढ्न सकेनन् । स्वर्णिमले ३८.३० तथा एलिसाले ३७.३० अंक जोडे ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |