लामाको नेतृत्वमा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटी गठन

काठमाडौं। रमेश लामाको नेतृत्वमा नेपाल वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटी गठन भएको छ।
नागार्जुनस्थित रानीवन बुद्धचोकमा शनिबार नागार्जुन शाखा डोजो संघको भेलाले लामाको नेतृत्वमा नवौं सदस्यीय कार्यसमिति गठन गरेको हो।
भेलाले उपाध्यक्षमा रविला लामा, सचिवमा उमाकान्त उपाध्याय, कोषाध्यक्षमा सञ्जय लामालाई चुनेको छ। यस्तै, सदस्यमा नवराज लामा, रिनेश लामा, यादव रायमाझी, रोहन पुतुवार र अजित पुतुवारलाई कार्यभार सुम्पिएको छ।
कार्यक्रममा सहभागी खेलाडी र सिनियर प्रशिक्षक लामाले विशेष खेल प्रदर्शन गरेका थिए। सो भेलामा प्रमुख अतिथि नेपाल वादोरियो कराते डो संघका अध्यक्ष हरिशरण केसी, विशेष अतिथि वडा नम्बर १ अध्यक्ष रामेश्वर लामा, ओलम्पियन संगीना वैद्य, सिनियर प्रशिक्षक सञ्जय लामालगायत अन्य अतिथिको उपस्थिति थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वडाअध्यक्ष लामाले नागार्जुन नगरभित्र रहेका बालबालिकालाई लक्षित गर्दै खेल क्षेत्रमा अघि बढ्न प्रोत्साहन गर्ने प्रतिबद्धता जनाए। ‘२१औं शताब्दीमा बालबालिका विभिन्न अनलाइन गेममा व्यस्त हुने गरेका छन्। शारीरिक रूपमा पनि बलियो बनाउन र स्वस्थ बनाउन यो खेललाई जोड दिनुपर्ने छ,’ उनले भने।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |