← समाचारमा फर्कनुस्
लयमा रहेका केनको अर्को ह्याट्रिक

लयमा रहेका ह्यारी केनले यो सिजनको दोस्रो ह्याट्रिक गरेपछि बायर्न म्युनिकले शनिबार जर्मन बुंडेसलिगामा होफनहाइनलाई सजिलै ४–१ ले हराएको छ र यससँगै उाधिमाथि बलियो दावेदारी प्रस्तुत गरेको छ ।
इंग्लिस कप्तान केनले ४४, ४८ र ७७ औं मिनेटमा गोल गरे । त्यसमध्ये अन्तिम दुई गोल पेनाल्टीमा गरेका हुन् । उनले यो सिजन १३ गोल गरिसकेका छन् । सन् २०२३ मा बायर्न आएयता उनले १ सय ३ खेलमा ९८ गोल गरिसकेका छन् ।
उनले बायर्नका लागि गरेको ह्याट्रिकको संख्या पनि नौ पुगेको छ । यो जितपछि बायर्नको चार खेलबाट १२ अंक भएको छ । अर्को खेलमा ह्याम्बर्गले हेडेनहेमलाई २–१ ले पराजित गर्यो र यो माथिल्लो डिभिजनमा उसको सात वर्षयताको पहिलो जित रह्यो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |