← समाचारमा फर्कनुस्
Volleyball Aug 20, 2024 · Swadesh

काजकिस्तानकी कालिनोभाले मधेश युनाईटेडबाट खेल्ने

काजकिस्तानकी कालिनोभाले मधेश युनाईटेडबाट खेल्ने

काठमाडौँ । इन्फिनिटी ड्रिम्सको आयोजनामा हुने महिला भलिबलको फ्रेन्चाइज लिग एभरेष्ट वुमन्स भलिबल लिगको मधेश युनाइटेड टिममा काजकिस्तानकी कालिनोभा यभजिनिया अनुबन्ध भएकी छिन्। 

३५ वर्षीया कालिनोभाले काजकिस्तानको राष्ट्रिय टिमका साथै काजकिस्तानको लिग खेलेको अनुभव छ। उनी स्पाइकर पोजिसनमा खेल्छिन् भने

उनको उचाई १८० सेन्टिमिटर छ।

कालिनोभाले मधेश युनाइटेडसँग अनुबन्ध भएकोमा खुसी व्यक्त गर्दै मधेश युनाइटेडबाट खेल्न उत्साहित रहेको बताएकी छिन्।

मधेश युनाइटेडको मार्की प्लेअरमा नेपाली राष्ट्रिय टिमकी स्पाइकर निरुता ठगुन्ना छिन्। यस्तै नेपाली खेलाडीहरुको नाम पनि यसअघि नै सार्वजनिक भइसकेको छ। जसमा राष्ट्रिय टिमकी संगम महतो र शान्तिकला तामाङ तथा यू२० टिमकी एलिशा मानन्धर र आशिका क्षेत्री छन्।

यस्तै हिरा केसी, पुजा थारु र जसना महतो पनि मधेश युनाइटेडको टिममा छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →