← समाचारमा फर्कनुस्
Other Sports Aug 24, 2025 · Swadesh

नेपाल कबड्डी लिगको खेलाडी दर्ता भोलिसम्म

नेपाल कबड्डी लिगको खेलाडी दर्ता भोलिसम्म

२०८२ साल भाद्र ८ गते आइतबारकाठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) सिजन २ को लागि खेलाडी दर्ता प्रक्रिया अन्तिम चरणमा पुगेको छ । त्यसैले आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्ट खेलाडी दर्ताको अन्तिम दिन सोमबार (२५ अगस्ट, २०२५) तोकेको छ ।


एनकेएलले स्वदेशी तथा बिदेशी खेलाडीको बढ्दो उत्साहको कारण दोस्रो सिजनको लागि खेलाडी दर्ताको अवधि लम्बाएको थियो । एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीका अनुसार काठमाडौं उपत्यका र मोफसलसँगै बिदेशी खेलाडीको अत्याधिक चासो आएको छ, त्यसैले कोही पनि इच्छुक खेलाडी नछुटोस् भनेर सोमबारलाई खेलाडी दर्ताको अन्तिम दिन तोकिएको हो ।’


दर्ता गरिका खेलाडीलाई ड्राफ्टमार्फत् फ्रेन्चाइज टिमले लिनेछन्, जसले एनकेएलको सिजन दुईमा प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन् । खेलाडी दर्ता प्रक्रिया ८ जुलाई, २०२५ मा खुला गरिएको थियो । दोस्रो सिजनको प्रतियोगिताको मिति पनि चाँडै सार्वजनिक गर्ने आयोजकले जनाएको छ ।


नेपाली कबड्डी इतिहासमै फ्रेन्चाइज टोलीको ऐतिहासिक प्रतियोगिताको रुपमा एनकेएलको सिजन १ १७–३१ जनवरी, २०२५ मा भव्यताकासाथ सम्पन्न भएको थियो । विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, बुटवलको हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्स गरी ६ सहरका ६ टिममा नेपालसहित, थाइल्यान्ड, बंगलादेश, श्रीलंका र केन्याका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।


त्रिपुरेश्वरस्थित कभर्डहलमा आयोजित रोमान्चक फाइनलमा काठमाडौंलाई ४३–४१ ले पराजित गर्दै जनकपुर एनकेएल च्याम्पियन भएको थियो । एनकेएलका दुई कप्तान काठमाडौंका घनश्याम मगर र हिमालयन रेइडर्सका गणेश पार्की अहिले पीकेएल सिजन १२ खेल्ने क्रममा भारतमा व्यस्त छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →