नेपाल कबड्डी लिग खेल्न थाइल्यान्डबाट ६ खेलाडी आइपुगे

काठमाडौं । एस्ट्रोनिक्स म्यानेजमेन्टद्वारा आयोजित नेपाल कबड्डी लिग (एनकेएल) खेल्न थाइल्यान्डबाट ६ खेलाडी मंगलबार काठमाडौं आइपुगेका छन्।
विराटनगर ब्यान्डिट्सले रत्तनाकोन योत्ससुङनोएन र नोफाडोन पोन्ताइसोनलाई भित्राएको हो। तानोङसाक श्रेइरा र चायफोन कामुनी जनकपुर नाइट्समा आबद्ध भएका छन्। त्यस्तै, रोएनग्रोम चातुरोनफाइसन र साहरात फेतचुईले काठमान्डु माभरिक्सबाट एनकेएल खेल्दैछन्।
एस्ट्रोनिक्स म्यानेजमेन्टका चेयरमेन अमित बेगानीकाअनुसार यसअघि नै बंगलादेश र केन्याबाट पाँच खेलाडी तथा भारतबाट दुई प्रशिक्षक आइसकेका छन्। बिदेशी १७ खेलाडीमध्ये ६ खेलाडी पनि चाँडै आइपुग्ने उनले बताए।
त्रिपुरेश्वरस्थित कभर्डहलमा जनवरी १७ देखि हुने एनकेएलको पहिलो सिजन सुरु हुनेछ। फ्रेन्चाइज प्रतियोगितामा ६ सहरका ६ टिमले प्रतिस्पर्धा गर्दैछन्।
एनकेएलको पहिलो सिजनमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमान्डु माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्सले खेल्दैछन्।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |