← समाचारमा फर्कनुस्
Football Sep 28, 2025 · Swadesh

युभेन्ट्सले गुमायो शीर्षमा उक्लने मौका

युभेन्ट्सले गुमायो शीर्षमा उक्लने मौका

युभेन्ट्सले शनिबार इटालीको सिरी ए को शीर्षमा उक्लने अवसर गुमाएको छ र यसले डिफेन्डिङ च्याम्पियन नेपोलीलाई आफ्नो स्थिति अझ बलियो बनाउने अवसर हुनेछ ।


एटलान्टाले युभेन्ट्सलाई उसकै घरमा १–१ को बराबरीमा रोकेको हो । टुरिन क्लबको पाँच खेलबाट ११ अंक छ । नेपोली चार खेलबाट १२ अंकमा शीर्षमा छ ।


एटलान्टाले कमालादिन सुलेमानको गोलले अग्रता लिएको थियो, तर जुवान काबललले युभेन्ट्सका लागि बराबरी गोल फर्काए ।


लउतारो मार्टिनेज र फ्रान्सिस्को इस्पोसिटोको गोलले अर्को खेलमा भने इन्टर मिलानले कागलिरीलाई २–० ले हरायो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →